स्थानीय आर्थिक विकास मूल्याङ्कन कार्यविधि,२०७९ आ.व. २०८०/०८१ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन कालीकोट जिल्लाको आ.व.२०८०/०८१ को जिल्ला दररेट स्थानीय आर्थिक विकास मूल्याङ्कन(LED) कार्यविधि,२०७९ स्थानीय सरकार सञ्चालन ऐन २०७४ LISA र FRA को नतिजा सार्वजनिक सम्बन्धमा । स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) कार्यविधि,२०७७(संशोधन सहित) छलफल तथा परामर्श गोष्ठी कार्यक्रममा सहभागी सम्बन्धमा (पालिका प्रमुख/अध्यक्ष र योजना शाखा प्रमुख) अभिमुखिकरण कार्यक्रममा सहभागी सम्बन्धमा । जिल्ला स्थित संघ, प्रदेश र स्थानिय तहहरुको आ.व. २०७८/०७९ को वार्षिक समिक्षा गोष्ठि सम्पन्न

कालिकोट जिल्लाको संक्षिप्त परिचय

१. पृष्ठभूमी
कालिकोट जिल्ला कर्णाली प्रदेश अन्तर्गत पर्ने एक पहाडी जिल्ला हो । यो जिल्ला वि.स. २०३४ सालमा जुम्ला जिल्ला स्थित तिब्रिकोट गा.वि.स. विस्थापित भई बनेको हुनाले नेपालको कान्छो जिल्लाको रुपमा चिनिन्छ । यस जिल्लाको हालको कालिका (मुग्राहा) गा.वि.स. स्थित कालिका गाउँमा कालिका भगवती मन्दिर रहेको र यो ठाउँ भुरे टाकुरे राजाहरुको कोटदरबार रहने किसिमको उच्च स्थानमा रहेको हुनाले सोही आधारमा जिल्लाको नाम कालिकोट रहन गएको भन्ने भनाई छ । यस जिल्लालाई वि.स.२०३२ सालमा छुट्टयाउने निर्णय भए तापनि यस जिल्लाको जिल्ला प्रशासन कार्यालय लगायत अन्य कार्यालयहरु विधिवत रुपमा २०३४ सालमा स्थापना गरीएका हुन् । सुरुमा मान्म गा.वि.स.३ मान्म गाउँमा जिल्ला सदरमुकाम कायम गरिएको थियो भने वि.स. २०४० साल देखि सोही गा.वि.स.को बडा नं. ५ स्थित खाँडाचक्र डाँडामा सदरमुकाम कायम गरिएको हो । सुरुमा ३३ गा.वि.स. रहेको कालिकोट जिल्लाको उत्तर पश्चिमका साप्पाटा, जुकोट र बाई गा.वि.सहरु वि.स. २०३८ सालमा बाजुरा जिल्लामा गाभिए पछि हाल यस जिल्लामा ३० वटा गा.वि.सहरु रहेकाेमा हाल ३ नगर पालिका र ६ गाउँपालिका गरी ९ स्थानीय तह रहेका छन् ।

२. भुगोल
जिल्लाको भौगोलिक बनावट र हावापानी विविध किसिमको रहेता पनि मूलतःस मशितोष्ण हावापानी रहेको र बढी ढालयुक्त÷भिरालो भू—भागहरु धेरै भाग पूर्व पश्चिम र केही भू भाग उत्तर दक्षिण फैलिएको छ । यस जिल्लाको भू भाग समुद्र सतहबाट लगभग ७३८ मिटर देखी ४७९० मिटर सम्मको उचाई मा फैलिएको छ । पूर्वी देशान्तर ८१०२८ देखि ८२००२ सम्म र उत्तरी अक्षा समा २९००५ देखी २९०२८ सम्म फैलिएको यस जिल्लाको कुल क्षेत्रफल १७४१ बर्ग कि.मि. अर्थात १,७८,०३० हेक्टर रहेको छ । यस जिल्लाको तापक्रम अधिकतम (औषत) १८.६० सेन्टीग्रेड र न्युनतम (औषत) ५.६० सेन्टीग्रेड रहने गरेको र बार्षिक औषत ७३० मिलि मिटर बर्षा हुने गर्दछ । जिल्लाको उत्तर बाट बग्ने चीनको तिब्बत (अस्पताल) क्षेत्र बाट बगेर आउने कर्णाली नदी र पुर्व बाट जुम्ला जिल्ला हुदैँ बग्ने तीला नदी कालिकोटमा आई दुवै नदी लालीघाटमा मिसिएर कर्णाली नामले बग्दछ । त्यस्तै अन्य स–साना खोलाहरुमा फुगाड, सान्निगाड, थिर्पुगाड, बालीगाड, भर्तागाड, पादमघाट खल्लागाड मुख्य हुन् । यहाँका नदी र खोलामा विद्युत उत्पादनको सम्भावना अत्याधिक बढी देखिन्छ भने पचालझरना गाउँ पालिकाको खार्दु भन्ने ठाँउमा रहेको “पचाँल झरना” प्रकृतिको सुन्दर कृति मानिन्छ, जसको लम्बाई ३८१ मिटर छ जुन नेपालमै सबैभन्दा लामाे झरना हाे ।
अवस्थिति
हावापानी – समशितोष्ण
भु-बनौट- बढी ढालयुक्त -भिरालो
पुर्वी देशान्तर – ८१०२८ – ८२००२
उत्तरी अक्षांश – २९००५ – २९०२८
उचाई – समुन्द्र सतहबाट ७३८- ४७९० मि.
क्षेत्रफल – १७४१ बर्ग किमी (१७८०३० हेक्टर)
औषत तापक्रम अत्यधिक १८.६० सेन्टिग्रेड न्यूनतम ५.६० सेन्टिग्रेड
औषत बर्षा – ७३० मिलिमिटर

३. जिल्लाको अन्य विवरण
क. जिल्ला सीमाना
पुर्व–जुम्ला
पश्चिम– अछाम
उत्तर– मुुगु, बाजुरा
दक्षिण– दैलेख, जाजरकोट
ख. प्रशासनिक विभाजन
जिल्ला– कालिकोट
अञ्चल– कर्णाली
विकासक्षेत्र– मध्यपश्चिमाञ्चल

प्रदेश – कर्णाली
सदरमुकाम – खाँडाचक्र न.पा. १ मान्म बजार
ग. राजनैतिक विभाजन
प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र – १
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र – २
नगरपालिका – ३
गाउँपालिका – ६
घ. भू–उपयोग
कुल क्षेत्रफल – १७८,०३० हेक्टर (१७४१ बर्ग कि.मि.)
खेतियोग्य जमिन – १७,९८४ हेक्टर (१०.११ ५०)
खेती भईरहेको भूमी – ८७१२.५ हेक्टर
बनक्षेत्र – ११,१०९०.१३ हेक्टर (६१.४०५०)
चरन क्षेत्र – ४५,००० हेक्टर (२५.२७ ५०
अन्य नदिनाला भिरपाखा – ३,६१४.०१हेक्टर (२.०३ ५०)
ङ.जनसंख्या
(वि.स. २०६८ को जन गणना अनुसार)
कुल जनसंख्या – १,४१,६२०
पुरुष – ७१,१९६
महिला – ७०,४२४
जम्मा घरधुरी – २४,४७७
औषत परिवार संख्या – ५.७८
जनघनत्व – ८१.३४ व्यक्ति प्रति बर्ग कि.मी।


Skip to toolbar