पदाधिकारी

श्री धनजित बहादुर शाही graphic

श्री धनजित बहादुर शाही

प्रमुख

पढ्नुहोस..

श्री मिना रावत (बि क) graphic

श्री मिना रावत (बि क)

उप प्रमुख

पढ्नुहोस..

श्री तिलक प्रसाद आचार्य graphic

श्री तिलक प्रसाद आचार्य

नि.जिल्ला समन्वय अधिकारी

पढ्नुहोस..

श्री धनवहादुर महतारा graphic

श्री धनवहादुर महतारा

सूचना अधिकारी

पढ्नुहोस..

कालिकोट जिल्लाको संक्षिप्त परिचय

कालिकोट जिल्ला कर्णाली प्रदेशमा रहेको पहाडी जिल्ला अन्तर्गत पर्दछ । यो जिल्ला वि.स. २०३४ सालमा जुम्ला जिल्ला स्थित तिब्रिकोट गा.वि.स. विस्थापित भई बनेको हुनाले नेपालको कान्छो जिल्लाको रुपमा चिनिन्छ । यस जिल्लाको हालको कालिका (मुग्राहा) गा.वि.स. स्थित कालिका गाउँमा कालिका भगवती मन्दिर रहेको र यो ठाउँ भुरे टाकुरे राजाहरुको कोटदरबार रहने किसिमको उच्च स्थानमा रहेको हुनाले सोही आधारमा जिल्लाको नाम कालिकोट रहन गएको भन्ने भनाई छ । यस जिल्लालाई वि.स.२०३२ सालमा छुट्टयाउने निर्णय भए तापनि यस जिल्लाको जिल्ला प्रशासन कार्यालय लगायत अन्य कार्यालयहरु विधिवत रुपमा २०३४ सालमा स्थापना गरीएका हुन् । सुरुमा मान्म गा.वि.स.३ मान्म गाउँमा जिल्ला सदरमुकाम कायम गरिएको थियो भने वि.स. २०४० साल देखि सोही गा.वि.स.को बडा नं. ५ स्थित खाँडाचक्र डाँडामा सदरमुकाम कायम गरिएको हो । सुरुमा ३३ गा.वि.स. रहेको कालिकोट जिल्लाको उत्तर पश्चिमका साप्पाटा, जुकोट र बाई गा.वि.सहरु वि.स. २०३८ सालमा बाजुरा जिल्लामा गाभिए पछि हाल यस जिल्लामा ३० वटा गा.वि.सहरु रहेकाेमा हाल ३ नगर पालिका र ६ गाउँपालिका गरी ९ स्थानीय तह रहेका छन् ।
थप पढ्नुहोस्
Skip to toolbar